गण्डकी प्रदेश सांसदले अब सुनको लोगो लगाउने

पाेखरा | असोज ४, २०८०

गण्डकी प्रदेश सांसदले अब सुनको लोगो लगाउने

पाेखरा:  गण्डकी प्रदेशसभाका सांसदहरुलाई प्रदेश सभाबाट स्वीकृत नियमावलीनुसार नयाँ लोगो दिइने भएको छ । 

 

अब प्रयोगमा आउने लोगोमा सुन र चाँदी प्रयोग हुनेछ । नियमावलीको अनुसूची ८ मा सांसदले लगाउने प्रतीक चिन्ह (लोगो)का विषयमा स्पष्ट किटान गरिएको छ । 

 

यसअघि प्रदेश सरकारले सार्वजनिक आव्हानमार्फत लोगोको डिजाइन मागेको थियो । २५ हजार रुपैयाँ पुरस्कार राशीसहित गरिएको आव्हानमा प्रदेश सभाकै कर्मचारीद्वारा डिजाइन गरिएको लोगो छनौट भएपछि त्यसैमा सुन र चाँदीको प्रयोग हुने भएको छ । 

 

लोगोसम्बन्धी आवश्यक तयारी गर्न प्रदेशसभा नियमावली मस्यौदा समितिका सभापति विन्दुकुमार थापा रहेका छन् भने सदस्य सुधिरकुमार पौडेलको संयोजकत्वमा उपसमिति बनाइएको छ । 

 

उपसमितिका अनुसार डिजाइन गरिएको नयाँ लोगोमा देखिने सेतो भाग चाँदी र पहेंलो भागमा सुनको प्रयोग हुनेछ । स्मरणीय छ, सुरुवाति चरणमा सांसदहरुले १ सय ९५ रुपैयाँ पर्ने प्लाष्टिकको लोगो लगाएका थिए । 

 

लोगोमा माछापुच्छ्रेलाई सुनौलो र माथिको भाग निलो एवं हिमाल तल सेतो रंग रहेको छ । गण्डक प्रदेशको क्षेत्रलाई खरानी रंग दिइएको छ । सेतो भागमा चाँदी र पहेंलो भागमा सुनको प्रयोग हुनेछ । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्